शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकले गरे सिटी जुलुस प्रदर्शन

काठमाण्डु टुडे २०८१ चैत २३ गते १४:०८ मा प्रकाशित

काठमाण्डू, २४ चैत– शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिटी जुलुस प्रदर्शन गरेका छन । पछिल्लो केही दिनयता काठमाण्डू केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरुले आज काठमाडौंको माइतीघरमा सिटी जुलुस निकालेका हुन् ।

उनीहरूले काठमाण्डूको माइतीघरदेखि बानेश्वरसम्म सिटी बजाएर सरकारको ध्यानाकर्षण गराएका हुन् । नेपाल शिक्षक महासंघको आह्वानमा काठमाण्डूमा उपस्थित भएका शिक्षकहरुले सरकारले चैत्र २५ गतेसम्म पनि आफ्ना मागहरु पूरा नगरे शैक्षिक हड्ताल गर्ने चेतावनी समेत दिएको छ ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु २०८१ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us