
काठमाण्डू, २४ चैत– कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपालगञ्जमा वीपी कोइरालाको सालिकमा मोसो दलिएको बारे मोसो दलेर बीपी कालो नहुने प्रतिक्रिया दिएका छन् । आज (आइतबार) सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ पुस्तक लोकार्पण गर्दै कांग्रेसका नेता डा. शेखर कोइराला वीपीको सालिकमा मोसो दलेर बीपी कालो नहुने प्रतिक्रिया दिएका हुन् ।
कांग्रेस नेता कोइरालाले भने, ‘हिजो मात्रै नेपालगञ्जमा बीपीको सालिकमा मोसो दलेको थाहा पाएँ । हुन त मोसो दलेर बीपी कालो हुने होइन ।’ नेता कोइरालाले यस्ता गतिविधिहरूले प्रजातान्त्रिक शक्तिहरू विचलित हुन नहुने पनि बताएका छन । उनले भने, ‘वीपीलाई नेपाली कांग्रेसले मात्र होइन सबै नेपालीले राजनेताको रूपमा मानेका छन् ।
त्यो घटनाले हाम्रो मनमा पक्कै केही असर गर्छ, । स्वाभाविक हो’ उनले भने, ‘यसबाट नेपाली कांग्रेस मात्रै होइन, कुनै पनि प्रजातान्त्रिक शक्तिहरू विचलित हुनुहुँदैन ।’
‘कात्रोको खल्ती’ कथा संग्रहले देशको अवस्था चित्रण गरेको उनले बताएका छन । ‘नेताहरू कसरी चलेका छन्, देश कसरी चलेको छ, संस्थाहरू, अस्पतालहरू कसरी चलेका छन् रु हामीले घुसखोरी र भ्रष्टाचारीहरूलाई कसरी बढावा दिइरहेका छौं, दण्डहिनता कसरी बढिरहेको छ, यो सबै कुरा एउटामा देखिन्छ,’ उनले भने ।