
काठमाण्डू, २४ चैत- वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षमा निधन भएको छ ।
काठमाण्डूको पुरानोबानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आइतबार राति ९ बजे उपचारका क्रममा रिसालको निधन भएको हो ।
रिसाल पछिल्लो समय फोक्सो र मुटुको समस्याबाट ग्रसित थिए ।
रिसाल विक्रम सम्वत २०१३ सालदेखि पत्रकारितामा सक्रिय थिए । जीवनको उत्तराद्र्धसम्म उनी लेखनमा सक्रिय थिए । रिसाल १९८५ साउन २९ गते भक्तपुरको गुण्डुमा जन्मिएका थिए ।
कम्युनिष्ट विचारधाराबाट प्रभावित रिसाल २०४८ सालको आमनिर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट भक्तपुर- २ बाट उम्मेदवार थिए ।
कांग्रेसका जगन्नाथ आचार्यसँग रिसाल १ हजार भन्दा केही बढी मतले पराजित भए ।
हाल सूर्यविनायक नगरपालिका –४, दधिकोट बस्दै आएका रिसालका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।