शिक्षकका जायज माग सम्बोधन गर्न तयार छौँः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ चैत २४ गते १५:२२ मा प्रकाशित

काठमाण्डू, २५ चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन अवस्था अझै पार भैनसकेको बताएका छन । आज (सोमबार) काठमाण्डूमा भएको ‘हिमालयन डाइलग’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

प्रधानमन्त्री ओलीले भने, ‘सङ्क्रमणकालीन अवस्था अझै पार भैसकेको छैन भन्ने कुरा पराजित सामन्तवाद मलाई त आउन मन लागिराख्या छ भनिराख्या छ हामी सुनिरहेका छौँ, ‘त्यो एउटा प्रमाण हो ।’ पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ का अवसरमा दिएको अभिव्यक्तितर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले अरू केही प्रवृत्ति पनि रहेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘त्यस्ता प्रवृत्तिहरू । ती पनि छ्यालब्याल पोखिने गरेका छन् । मौसम त्यस्तो हुँदोरहेछ । अलि ठुलो हावा चल्यो भने बलियो रुख त रहला तर हाँगाबिँगा हावासँगै ढल्किन्छन् ।’उनले अहिले शिक्षक आन्दोलन चलिरहेको भन्दै किन चलाएको हो रु भनेर प्रश्न समेत गरे । ‘अहिले शिक्षक आन्दोलन चल्या छ ।

किन चलाउनुभएको हो शिक्षक साथीहरूले रु मलाई थाहा छैन । म प्रधानमन्त्री छु, भनिराखेको छु । जायज मागहरू लिएर कोही आउँदाखेरि आन्दोलन गरिरहनुपर्दैन हामी त्यसको समाधान दिन्छौ’, ओलीले भने, ‘हामी त्यसलाई सम्बोधन गर्न तयार छौ ।

दुःख पाउनुपर्दैन, सडकमा गएर सुत्नै पर्दैन भनिराखेका छौ उहाँहरूले किन दुःख पाउनुभएको हो ?’प्रधानमन्त्रीले शिक्षकहरू संवादमा आउने बित्तिकै माग सम्बोधन गर्ने पनि बताए ।

उनले हत्या हिंसा, तोडफोड जस्ता प्रवृत्ति पनि देखिएको भन्दै हातमा कागज लिएर संविधानप्रति कसम खाएकाले पनि संसदमा आएर यहीं संविधान मान्दिन भन्ने गरेको बताए । ‘कत्रो विरोधाभास छ, इमानको कत्रो खडेरी छ । कति सारो खडेरी हो । यसले संक्रमणकालमै छौ भन्ने हो’, प्रधानमन्त्रीको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us