
काठमाण्डू, २५ चैत– गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा राजावादी समुहले गरेको प्रदर्शनमा संलग्न आरोपमा प्रहरीले अभिनेत्री एनी कुँवरलाई पक्राउ गरेको छ ।
कुँवरले पत्रकार सुरेश रजक जलेको घरमा ताला लगाएर फर्केको जस्तो देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल छ । घरमा आगजनी भएपछि उनले फेसबुक लाइभ गरेर ‘बचाउन आउनुहोला’ भनेर आग्रह गरेकी थिइन् ।
प्रदर्शन स्थलमा गएर अवाञ्छित गतिविधि गरेको आरोपमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अङ्गुर जिसीले जानकारी दिएका छन ।
उनले भने, ‘अनुसन्धानको लागि उहाँलाई हामीले ललितपुरबाट पक्राउ गरेका छौँ ।’ कुँवरले एक दशकअघि फिल्म ब्रह्माबाट रजतपट यात्रा सुरु गरेकी थिइन् ।