
काठमाण्डू, २५ चैत– विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै देशभरका शिक्षकहरूले शैक्षिक हडताल गर्दै यतिबेला काठमाण्डूमा प्रदर्शन गरेका छन् ।
आन्दोलनरत शिक्षकहरूले आज (सोमबार) बबरमहल–माइतीघर क्षेत्रमा मुखमा कालो मास्क लगाएर मौन प्रदर्शन गरेका छन । काठमाण्डू केन्द्रित सडक आन्दोलन गरेको नेपाल शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडताल गरेका छन् ।
महासंघले यसअघि आफूहरूसँग भएको सहमतिका आधारमा छिटो भन्दा छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने जनाएको छ । आन्दोलनका लागि देशभरका शिक्षकहरु काठमाण्डूमा केन्द्रित भएका छन् ।
उनीहरूले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने एकसुत्रीय माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन ।