घुसपैठको आरोपमा राप्रपाको बल्खु सभाबाट केही व्यक्ति नियन्त्रणमा

काठमाण्डु टुडे २०८१ चैत २५ गते १५:२१ मा प्रकाशित

काठमाण्डू, २६ चैत– आज (मंगलबार) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बल्खुमा आयोजना गरेको सभास्थलबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई घुसपैठ गरेर सभाको वातावरण बिथोल्न खोजेको पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

यो समाचार तयार पार्दासम्म उनीहरुको परिचय खुलेको छैन । तर प्रहरी र राप्रपा दुवैतर्फबाट केही व्यक्तिहरु नियन्त्रणमा रहेको पुष्टि भने भएको छ । काठमाण्डू प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले केही मान्छेहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पनि सभास्थलमा होहल्ला गर्न खोजेपछि केही व्यक्तिलाई नियन्त्रणमा लिएको जानकारी दिएका छन । संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित राप्रपाले बल्खुमा आज सभा आयोजना गरेको छ ।

सभालाई व्यवस्थित र मर्यादित गर्न उल्लेख्य संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । राप्रपाले पनि दर्जनौंको संख्यामा स्वयंसेवक परिचालन गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us