बल्खु मञ्चबाट राप्रपाको आह्वानः एकजना पत्र काट्न तयार बसेको छ, फोहोर नगर्नुहोला

काठमाण्डु टुडे २०८१ चैत २५ गते १६:५२ मा प्रकाशित

काठमाण्डू, २६ चैत– अहिले काठमाण्डूको बल्खु क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीको आमसभा चलिरहेको छ । बागमती प्रदेश कमिटीद्वारा आयोजित खबरदारीसभा काठमाण्डूको बल्खुमा चलिरहेको हो ।

पार्टी महामन्त्रीसमेत रहेका सचिवालय प्रमुख राजेन्द्र गुरुङले उद्घोषकका रूपमा कार्यक्रम सञ्चालन गरिरहेका छन् । उनले कार्यक्रममा सहभागी नेता कार्यकर्तालाई सभास्थलमा फोहोर नगर्न आह्वान गरिरहेका छन् ।

बीचबीचमा उनले भनिरहेका छन्, ‘साथीहरू पानी खाएर बोतल जताततै नफालिदिनुहोला, फोहोर नगरिदिनुहोला, एक जना पत्र काट्न तयार बसेको छ ।’ उनले एक जना भनेर काठमाण्डू महानगरका मेयर बालेन्द्र (शाह) बालेनलाई लक्षित गरेका हुन । यसअघि राप्रपालाई बालेनले एक लाख रुपैयाँ जरिवाना तिराएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us