
काठमाण्डू, २६ चैत– नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनको लागि गत शनिबार भएको निर्वाचनको मत गणना कार्य जारी छ । जारी मतगणनामा सत्ता घटकदल कांग्रेस र नेकपा एमाले निकटका कानुन व्यवसायीका उम्मेदवार विजयप्रसाद मिश्रले मतान्तर झण्डै दोब्बरले बनाएका छन ।
अध्यक्षका उम्मेदवार मिश्रले एक हजार २९५ मत प्राप्त गर्दा अर्का उम्मेदवार रमनकुमार श्रेष्ठले ६८२ मत ल्याएका छन् । श्रेष्ठ नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकटका कानुन व्यवसायीको साझा उम्मेदवार बनेका छन् ।
पछिल्लो गणनामा मिश्रले जनकपुरमा ९८, नवलपरासीमा २६, कपिलवस्तुमा ३१, रुपन्देहीमा ८४, पाल्पामा ४९ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का उम्मेदवार श्रेष्ठले जनकपुरमा ४०, नवलपरासीमा १३, बुटवलमा ३१, कपिलवस्तुमा ५, रुपन्देहीमा २४, पाल्पामा १३ मत पाएका छन् ।