रास्वपाका नेतालाई मुकुलले भनेः रास्वपाको नाममा तपाईंहरूले चलाएको क्लब तल गइरहेको छ

काठमाण्डु टुडे २०८१ चैत २५ गते १७:३२ मा प्रकाशित

काठमाण्डू, २६ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टीका अरु नेताहरूलाई ‘डेरावाला’ भन्दै सम्बोधन गरेका छन । ‘गम्भीर भएर सोच्ने बेला आयो कि आएन ? डेरावालाहरूले घर कब्जा गरे तर, घर त मेरै हो, मैले बनाएको। डेरावालाहरू, घर नभत्काऊ, ढकालले फेसबूकमा लेखेका छन् ।

आज (मङ्गलबार) को राप्रपाको खबरदारी सभामा रास्वपाको जनसभामा भन्दा बढी उपस्थिति रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘मेरो सामाजिक सञ्जालमा आएर विरोध गरेर के गर्नुहुन्छ ? म त छुट्टीमा छु ।

रास्वपाको नाममा तपाईंहरूले चलाएको क्लब कसरी तल गइरहेको छ, मूल्याङ्कन गर्नुहोस्। मैले त यो बीचमा सामाजिक सञ्जालमा लेख्ने काम बाहेक के गरेको छु ? त्यति गरिदिएकाले बरू दोष थुपार्न पाउनु भएको छ ।

अरिङ्गालले गाली गर्न पाएका छन् । उनले पार्टी जोगाउने बेला भएको भन्दै पार्टीका नेताहरूलाई सोच्न भनेका छन् । ‘सोच्नुहोस्, मनन् गर्नुहोस्। पार्टी जोगाउने हो वा होइन ? अरिङ्गालहरू आएर मलाई गाली गर्छन्, त्यसले मलाई केही हुनेवाला छैन ।

त्यसले मेरो एउटा रौँ पनि छुँदैन। तर, मलाई चिन्ता छ, अरिङ्गालको लै–लैमा लागेर तपाईंहरूले पार्टी सक्काउने हुनुभयो, उनले भनेका छन् । ढकाल रास्वपाको संस्थापक महामन्त्री हुन् । तर, उनी अहिले पार्टीको निलम्बनमा परेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us