२ किलो भन्दा बढी अफिमसहित एकजना पक्राउ

काठमाण्डु टुडे २०८१ चैत २६ गते १३:५५ मा प्रकाशित

कामठाण्डू, २७ चैत– प्रहरीले बारा ठुलो परिमाणमा लागु औषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–६, गम्हरिया निवासी सरोज प्रसाद साह रहेको प्रहरीले जानकारी दिएको छ ।

विशेष सूचनाको आधारमा गरिएको जाँचका क्रममा प्रहरीले २ किलो ९९ ग्राम अफिमसहित एक जना पक्राउ गरेको हो । बारा जिल्लाको अमलेखगञ्जबाट प्रहरीले साहलाई अफिमसहित पक्राउ गरेको बारा प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिएका छन ।

उनका अनुसार अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले हेटौँडाबाट वीरगन्जतर्फ आउँदै गरेको मोटरसाइकललाई जाँच गर्दा उक्त मोटरसाइकलबाट लागु औषध अफिम फेला पारेको हो ।

प्रहरीले साहको साथबाट प्र.२–०३–००९ प ३८७८ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकलसमेत बरामद गरेको जनाएको छ । जाँचको क्रममा सोही मोटरसाइकलको सिटमुनी लुकाई राखिएको अफिम जस्तो देखिने पदार्थ बरामद भएको बारा प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका साह र बरामद मोटरसाइकललाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us