
कामठाण्डू, २७ चैत– कैलालीको जानकी गाउँपालिका–५ अमौरास्थित सडकमा सु.प.प्र.०१–००१ ज १५९८ नम्बरको हाइसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४४ वर्षीया हरू बडुवाल रहेका छन ।
उनको आज (बुधबार) बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका साइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ । प्रहरीले हाइस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।