
काठमाण्डू, २८ चैत– काठमाण्डू महानगरपालिका–३१ शंखमुलमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन । मृत फेला पर्नेमा मोरङको विराटनगर महानगरपालिका–३ घर भएका ४५ वर्षीय युवराज ढकाल रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ ।
उनी शंखुमलमा डेरा गरी बस्दै आएका थिए । उनी आफ्नै डेरो कोठामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । साथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।