बाजुरामा घरमा चट्याङ पर्दा बालिकाको मृत्यु

काठमाण्डु टुडे २०८१ चैत २७ गते १५:४० मा प्रकाशित

काठमाण्डू, २८ चैत– बाजुराको बुढीगंगा नगरपालिकाको तल्लोकुटीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।

बुढीगंगा नगरपालिका–१ तल्लोकुटी बस्ने बिरू सार्कीको घरमा बुधबार राति चट्याङ पर्दा उनको ९ वर्षीया छोरी दृष्टिको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जानकारी दिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us