सिंहदरबारमा शिक्षक महासंघ र सरकारबिच छलफल सुरु

काठमाण्डु टुडे २०८१ चैत २७ गते १७:२५ मा प्रकाशित

काठमाण्डू, २८ चैत– नेपाल सरकार र केहि दिनयता आन्दोलनरत शिक्षकहरूबिच सिंहदरबारमा छलफल सुरु भएको छ । शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारका प्रतिनिधिबिच केहि बेर अधि मात्रै वार्ता सुरु भएको हो ।

शिक्षा ऐन माग्दै शिक्षकहरू नौ दिनदेखि काठमाण्डूको माइतीघरमा आन्दोलन गर्दै आएका छन् । यसअघि सरकारले शिक्षकहरूलाई पटक–पटक वार्तामा बोलाउँदा पनि वार्तामा गएका थिएनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us