इलाममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाण्डु टुडे २०८१ चैत २७ गते १७:३१ मा प्रकाशित

काठमाण्डू, २८ चैत– इलाममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । इलाम नगरपालिकाको जिरो किलोमा गएराति को १ त ७३४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको इलामका एसपी एकनारायण कोइरालाले जानकारी दिएका छन ।

मृतकको पहिचान खुलेको छैन । उनले भने, ‘मृतकको पहिचान खुलाउने प्रयास गर्दैछौँ ।’ पार्किङ गरेर राखेको ट्याक्टर चोरेर दौडाउँदै गर्दा दुर्घटनामा परेको आशङ्का गरिएको छ ।

तर, ट्याक्टर धनीसँग बुझेपछि मात्र त्यसबारे यकिन गर्न सकिने एसपी कोइरालाले जानकारी दिएका छन । उनले भने, ‘चोरी गरेको यकिन भएको छैन, हामी ट्याक्टर धनीलाई बोलाएर बुझ्छौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us