अर्घाखाँचीमा चट्याङ लागेर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ चैत २७ गते १७:३५ मा प्रकाशित

काठमाण्डू, २८ चैत– अर्घाखाँचीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको भूमिकास्थान नगरपालिका– १० लिसेपानी बस्ने वर्ष ७२ वर्षीय यमबहादुर घर्तीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जानकारी दिएको छ ।

घर्ती आफ्नै घरको दलानमा बसिरहेका बेला चट्याङ लागि बेहोस अवस्थामा फेला परेका थिए । चट्याङबाट बेहोस भएका घर्तीलाई अस्थायी धनचौर प्रहरी चौकीले उद्धार गरी जिल्ला अस्पताल पठाउँदा घर्तीलाई अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक जगनाथ मरासिनीले जानकारी दिएका छन ।

चट्याङबाट मृतक घर्तीको घरको भित्तामा समेत क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us