
काठमाण्डू, २९ चैत– हिजो (बिहिबार) बेलुका भारतबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई झापाबाट साढे ११ बजेको फ्लाइट मार्फत काठमाण्डू ल्याइने भएको छ । प्रसाईंलाई साढे ११ बजे बुद्ध एअरको फ्लाइटमार्फत चन्द्रगढी विमानस्थलबाट उनलाई काठमाण्डू ल्याउन लागिएको नेपाल प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ ।
प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो । भारतको आसाम राज्यमा फेला बिहीबार परेका थिए ।
यता प्रसाईंको सचिवालयले भने आसाम प्रहरीमा उनी आफैंले आत्मसमर्पण गरेको दाबी गरेको थियो । १५ चैतमा तीनकुनेमा भएको राजावादी आन्दोलनका उनी मुख्य कमाण्डर हुन् ।
उनकै नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो । यता प्रसाईं भने फरार हुँदै भारत पुगेका थिए ।