दुर्गा प्रसाईंका बडिगार्ड दीपक खड्का पनि पक्राउ

काठमाण्डु टुडे २०८१ चैत २८ गते १२:०४ मा प्रकाशित
काठमाण्डू, २९ चैत– प्रहरीले गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको प्रदर्शनका जनकमाण्डर रहेका दुर्गा प्रसाईंलाई पक्राउ गरेसँगै उनका बडिगार्ड दीपक खड्का पनि पक्राउ परेका छन् ।
प्रसाईंसँगै उनी आसाममा फेला परेपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो । खड्कालाई पनि प्रसाईंसँगै काठमाण्डू ल्याएर अनुसन्धान अघि बढाइने नेपाल प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ । प्रहरी स्रोतले भन्यो, ‘उहाँहरु दुवै जनासँगै फेला पर्नुभएको थियो । दुबै जनालाई काठमाडौं ल्याउने तयारी हुँदैछ ।’
उनीहरुलाई झापाको चन्द्रगढी विमानस्थलबाट साढे ११ बजेको फ्लाइटमा काठमाण्डू ल्याइने बताइएको छ । उनीहरुलाई साढे ११ बजे बुद्ध एअरको फ्लाइटमार्फत काठमाडौं ल्याउन लागिएको हो । प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो ।
प्रसाईं भारतको आसाम राज्यमा बिहीबार फेला परेका थिए । यता प्रसाईंको सचिवालयले भने आसाम प्रहरीमा उनी आफैंले आत्मसमर्पण गरेको दाबी गरेको छ । १५ चैतमा तीनकुनेमा भएको राजावादी आन्दोलनका उनी मुख्य कमाण्डर हुन् । उनकै नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us