
काठमाण्डू, २९ चैत– प्रहरीले एमाले नेता सूर्य थापालाई एसएमएसमार्फत धम्की दिएको आरोपमा एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही सैनामैना नगरपालिका–११ का २९ वर्षीय प्रदीप पन्त रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
उनले थापालाई मध्यरातमा धम्कीपूर्ण एसएमएस पठाएका थिए । थापाले समाजिक सञ्जाल फेसबुकमार्फत पन्तलाई पक्राउ गरी अनुसन्धान कार्य अघि बढाएकोमा नेपाल प्रहरीलाई धन्यवाद समेत दिएका छन् ।
यस्तै थापाले सामाजिक सञ्जालमा पन्त परिचय खुल्ने कागजात समेत पोष्ट गरेका छन्। थापाले लेखेका छन्, ‘मलाई मध्यरात (११:४६ बजे) धम्कीपूर्ण एसएमएस लेखी “Life on threat cancel Rupandehi” पठाउने व्यक्तिलाई पक्राउ गरी अनुसन्धान कार्य अघि बढाएकोमा नेपाल प्रहरीलाई धन्यवाद छ। ऊ को रहेछ? हेर्नुहोला !