जडीबुटी प्रशोधन केन्द्रमा आगजनी गर्ने थप एक पक्राउ

काठमाण्डु टुडे २०८१ चैत २८ गते १५:५६ मा प्रकाशित

काठमाण्डू, २९ चैत– प्रहरीले गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको प्रदर्शनका क्रममा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा तोडफोड र आगजनी गरेको आरोपमा थप एक जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ बस्ने १८ वर्षीय रन्जित बस्नेत रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अुनसार उक्त सडकमा जडान गरिएको ट्राफिक बत्ती, कार्यालय तोडफोड तथा आगजनीका कार्यमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us