तीनकुने घटनामा ज्ञानेन्द्रलाई जवाफदेही बनाउनुपर्छः एमाले

काठमाण्डु टुडे २०८१ चैत २८ गते १६:१६ मा प्रकाशित

काठमाण्डू, २९ चैत– सत्ता घटक दल एमालेले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनप्रति पूर्वराजा ज्ञानेन्द शाह जवाफदेही हुनुपर्ने बताएको छ ।

आज (शुक्रबार) प्रतिनिधि सभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले यस्तो बताएका हुन ।

उनले पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्ति समेतको पृष्ठभुमिमा तीनकुने घटना भएको बताएका छन । गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावदी प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो भने निजी र सार्वजनिक सम्पतिमा क्षति पुगेको थियो ।

एमाले प्रमुख सचेतक बर्तौलाले भने, ‘त्यो घटनाको अनुसन्धान प्रक्रियामा पूर्वराजालाई पनि कहीँ न कहीँ जवाफदेहितामा ल्याइनुपर्छ, ‘उहाँलाई पनि प्रश्नको दायरामा, जवाफदेहिताको दायरामा ल्याउनुपर्छ ।’ शुक्रबारको समितिको बैठकमा गृहमन्त्री रमेश लेखकसहित सुरक्षा निकायका अधिकारीहरू पनि सहभागी रहका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us