नुहाउने क्रममा नदीमा डुबेर बालकको मृत्यु

काठमाण्डु टुडे २०८१ चैत २९ गते ९:१३ मा प्रकाशित

काठमाण्डू, ३० चैत– कैलालीमा नदीमा डुबेर बालकको मृत्यु भएको छ । कैलालीको घोडाघोडी नगरपालिका–११ को सिसैयामा कान्द्रा नदीमा डुबेर सोही ठाउँका १३ वर्षीय उपेन्द्र कडायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कैलालीले जानकारी दिएको छ ।

नुहाउने क्रममा डुबेर बेपत्ता भएका कडायतको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिएका छन । उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको पनि जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us