
काठमाण्डू, ३० चैत– आज (शनिबार) काठमाण्डू र ललितपुरका केहि स्थानमा विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत् प्रधिकरणले जानकारी दिएको छ ।
काठमाण्डूको बलम्बु वितरण केन्द्रको थानकोट फिडरअन्तर्गत नैकाप फुटबल ग्राउन्ड र किट्नीभन्ज्याङमा पोल स्थानान्तरण र कन्डक्टर स्तरोन्नतिका लागि बिहान ११ देखि दिउँसो ४ बजेसम्म विद्युत् कटौती हुने प्रधिकरणले जानकारी दिएको छ ।
रत्नपार्क वितरण केन्द्रको दरबारमार्ग फिडरअन्तर्गत जमलपुल, विश्वज्योति हल, यलो पगोडा, अन्नपूर्ण होटल र निर्वाचन आयोग क्षेत्रमा भूमिगत तार बिछ्याउन बिहान ७ देखि १० बजेसम्म विद्युत् अवरुद्ध नेपाल विद्युत् प्रधिकरणले जनाएको छ ।
ललितपुरको लगनखेल वितरण केन्द्रको इमाडोल २ फिडरअन्तर्गत ग्वार्को, इमाडोल, कृष्णमन्दिर, टिकाथली, लुभुलगायत क्षेत्रमा दिउँसो २ः३० देखि ३ः३० बजेसम्म विद्युत् कटौती हुनेछ ।
सोही केन्द्रको जावलाखेल फिडरअन्तर्गत जावलाखेल, कुमारिपाटी, नटोलमा दिउँसो १ देखि ४ बजेसम्म र रिङरोड फिडरअन्तर्गत जिल्ला प्रशासन कार्यालय, एभिएम चोक, कुसुन्ती, नखिपोटलगायतमा बिहान ११ देखि १२ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ ।