
काठमाण्डू, ३० चैत– मुस्ताङबाट बेनीतर्फ आउँदै गरेको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा गलेश्वरको धर्मशालाको गेटमा ठोक्किएर सल्यानकी एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उक्त बसमा सवार सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका–६, लवाङकी १५ वर्षीया सरस्वती ओली रहेकी प्रहरीले जानकारी दिएको छ । शुक्रबार राति करिब १० बजेको समयमा रा १ ख १६१३ नम्बरको बस बेनपा–९, गलेश्वरस्थित धर्मशाला परिसरभित्र जाने क्रममा टाउको गेटमा ठोक्किएर ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले जानकारी दिएका छन ।
‘तत्कालै घाइतेको उपचारका लागि बेनी अस्पतालमा ल्याइएको थियो, अचेत अवस्थामा रहेको घाइतेलाई चिकित्सकले मृत घोषित गरे,’ प्रहरी निरीक्षक पौडेलले भने पोस्टमार्टमका लागि अस्पतालको शव गृहमा शव राखिएको छ भने बस चालक पनि प्रहरी नियन्त्रणमा रहेका छन्। घटनाको थप अनुसन्धान भइरहेको छ ।