
काठमाण्डू, ३१ चैत– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको संविधान सबैलाई मिलाउन सक्ने खालको भएको बताएका छन । आइतबार नेपाल मुस्लिम संघको इद मिलन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन ।
सभापति देउवाले समावेशी र समानुपातिक आधारमा देश अघि बढिरहेको बताउँदै संविधानले महत्त्वपूर्ण भूमिका खेलिरहेको पनि बताएका हुन । उनले कुनै पनि दलको बहुमत आउन गाह्रो भएको भए पनि सबैलाई मिलाएर अघि बढ्ने संविधान भएको पनि बताएका छन । सभापति देउवाले भने, ‘हाम्रो देश समावेशी र समानुपातिकताको आधारमा अघि बढिरहेको छ ।
यसमा मुस्लिम समुदायको पनि प्रतिनिधित्व छ, ‘नेपालको संविधान अत्यन्तै राम्रो छ । कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ । तर, पनि सबैलाई मिलाउन सक्ने संविधान छ ।’ उनले मुस्लिम समुदायबाट पनि धेरै नेताहरूको प्रतिनिधित्व आफ्नो पार्टीमा रहेको भन्दै उक्त विषय खुसीको कुरा रहेको पनि बताए ।
उनले भने, ‘अहिलेको संविधानले अत्यन्तै ठूलो महत्त्वपूर्ण भूमिका खेलेको छ । हाम्रो पार्टीले पनि हाम्रो पार्टीभित्र सबैलाई समावेशी समानुपातिक किसिमको विधान छ । मुस्लिम समुदायबाट पनि ठूला ठूला नेताहरू हुनुहुन्छ ।’