काभ्रेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाण्डु टुडे २०८१ चैत ३० गते १४:१७ मा प्रकाशित

काठमाण्डू, ३१ चैत– काभ्रेको मण्डनदेउपुर नगरपालिकामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मण्डनदेउपुर–२ ठकुरी गाउँमा निर्माणाधीन मिस्टिक माउन्टेन होटलको परिसरमा बालुवा झार्ने क्रममा ना.२ ख २४६४ नम्बरको टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जानकारी दिएको छ ।

दुर्घटनामा सोही ठाउँका ३१ वर्षीय चालक विनोद घोरासैनीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । घटनाको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको सूचना अधिकारी प्रहरी नायव निरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us