स्वदेशमै रोजगारीमा लाग्न युवाहरूलाई प्रधानमन्त्री ओलीको आग्रह

काठमाण्डु टुडे २०८१ चैत ३० गते १५:३२ मा प्रकाशित

काठमाण्डू, ३१ चैत– एमाले अध्यक्ष समेत प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई स्वदेशमै व्यवसायिकता र रोजगारीमा लाग्न आग्रह गरेका छन ।

आज (आइतबार) झापाको गौरादह नगर अस्पतालको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले वर्तमान सरकार रचनात्मक कामबाट विकसित गराउने अभियानमा रहेको बताएका छन ।

प्रधानमन्त्री ओलीले गौरादहमा निर्माण हुने उक्त अस्पतालले स्थानीयबासीका साथै छिमेकी भारतका जनताको स्वास्थ उपचारमा समेत लाभ दिन सक्ने विश्वास व्यक्त गरेका छन । उनले आवश्यकताका आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने जनाउँदै सूचना र प्रविधिको उपयोगबाट सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेको बताएका छन ।

नगरपालिकाको–१ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा उक्त अस्पताल भवनको शिलान्यास भएको हो । अस्पताल निर्माणका लागि कुल दुई बिगाहा जग्गामा रु १२ करोड ५९ लाख ७९ हजार चार सय ९६ को लागतमा २०८३ माघ १४ भित्र बन्ने गरी जे एन्ड जे निर्माण सेवासँग सम्झौता गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us