
काठमाण्डू, ३१ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब नयाँ सरकार निमार्ण हुने दिशातर्फ देश अधि बढ्ने बताएका छन ।
आज (आइतबार) गृहजिल्ला चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । प्रचण्डले अहिले नयाँ घटनाक्रम विकसित भएकाले देश नयाँ सरकार बन्ने दिशातर्फ अघि बढ्ने बताए ।
उनले अहिलेको नयाँ अनुभवका आधारमा आफूले ठूलो दल कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने धारणा राखेको स्पष्ट पारे। प्रचण्डले सरकारतर्फ माओवादीको ध्यान नरहेपनि अहिलेको सरकार धेरै अगाडि जान सहज छैन भन्ने परिस्थितिले देखाएको बताए । उनले चौतर्फी रुपमा सरकारप्रति असन्तुष्टि र आवेग देखिएको र त्यसको असर सडकमा देखिएकाले नयाँ वर्षले केहि न केहि निकास लिएर आउने पनि बताएका छन ।
त्यस्तै प्रचण्डले २०८१ साल समग्रमा धेरै उत्साह र धेरै निराशा नभएको बताए । उनले राम्रा काम गर्न,राजनीतिक दलहरूलाई आत्मसमीक्षा,आत्मालोचना गर्नका लागि र जनता र राष्ट्रको आवश्यकता अनुसार अगाडि बढ्ने दावी गरे। उनले नयाँ संकल्प गर्नका लागि पुरानो वर्षले आधार दिएको उल्लेख गरे ।