०८२ साल नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्छः पूर्वराजा शाह

काठमाण्डु टुडे २०८१ चैत ३० गते १८:१२ मा प्रकाशित

काठमाण्डू, ३१ चैत– पूर्व राजा ज्ञानेन्द्र शाहले आगामी वर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्ने बताएका छन । आज (आइतबार) नयाँ वर्षको अवसरमा एक भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले यस्तो बताएका हुन ।

उनले नयाँ वर्षलाई स्मरणीय र सुनौलो सम्झना बनाउन सकिने विश्वास आफूले लिएको बताएका छन् । पूर्वराजा शाहले भिडियो सन्देशमा भनेका छन, ‘संसार धेरै अघि बढिसक्यो । तर हामी यो वा त्यो वादको चक्रमा फसेका छौं ।

नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ, हाम्रा कदम चल्नुपर्छ, ‘हरेक समस्याको समाधान, संवाद, सहमति समन्वय र सहकार्यबाट हुनसक्छ । आगामी वर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्छ ।

र बनाउन सकिन्छ भन्ने विश्वास हामीले लिएका छौं ।’ पूर्वराजा शाहले नयाँ वर्षले नयाँ आशा, उमंग र उत्साह ल्यायोस् भन्दै शुभकामना व्यक्त गरेका छन् । ‘अनि नेपालीको सुनौलो भविष्यको सुनिश्चितता होस् । श्री पशुपतिनाथले हामी सबैको हामी सबैको कल्याण गरुन्,’ पूर्वराजा शाहले भनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us