युवराजको ५ विकेटमा ओमान ११७ रनमा अलआउट

काठमाण्डु टुडे २०८२ वैशाख १ गते १२:४५ मा प्रकाशित

काठमाण्डू, १ वैशाख– आईसीसी यू–१९ विश्वकप एसिया छनोटको दोस्रो खेल‌मा नेपालले ओमानलाई ११७ रनमा अलआउट गरेको छ । स्पीनर युवराज खत्रीले ५ विकेट लिएपछि आईसीसी यू–१९ विश्वकप एसिया छनोटको दोस्रो खेल‌मा नेपालले ओमानलाई ११७ रनमा अलआउट गरेको हो ।

युवराजले ७ ओभरमा १५ रन दिएर ५ विकेट लिएपछि ओमान ३८ ओभरमा ११७ रनमा अलआउट भएको हो । जीत व्रजेश साहले अर्धशतक बनाए । ७८ बलमा ६ चौकासहित उनले ५२ रन बनाए ।

सिद्धार्थ सोम्या शंकरले १६ रन बनाउन सफल भएका थिए । नेपालका लागि युवराजको ५ विकेटसँगै सन्तोष यादवले २ तथा दयानन्द मण्डल, अशोक धामी र अपराजित पौडेलले १–१ विकेट लिन सफल भए । नेपालले पहिलो खेलमा यूएईलाई हराइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us