
काठमाण्डू, १ वैशाख– सत्ता घटक दल एमालेको सचिवालय बैठक जारी छ । एमाले मुख्यालय च्यासलमा केहि बेर अधि मात्रै सचिवालयको बैठक सुरु भएको एमालेका एक सचिवालय सदस्यले जानकारी दिएका छन ।
आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन । बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले समसामयिक राजनीतिक परिस्थिति र सरकारको कामकारवाहीको ब्रिफिङ गरिरहेका छन् ।
सँगै पार्टीको जरा केन्द्रित अभियान तथा जागरणसभाको समीक्षा र भावी योजनाको पनि छलफल हुने बताइएको छ ।