
पाल्पा,१ वैशाख– पाल्पामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर नगरपालिका–३ का ७५ वर्षीय पदमबहादुर ठाडा मगर रहेको जिल्ला प्रहरी कार्यकाल पाल्पाले जानकारी दिएको छ ।
रामपुर ओइरीघाटस्थित भित्री कच्ची सडकमा लुम्बिनी प्रदेश ०९–००४ प ८०३९ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटनामा पर्दा उनी गम्भीर घाइते भएका थिए ।
उनको उपचारका क्रममा रामपुर अस्पतालमा मृत्यु भएको पाल्पा प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिएका छन । साथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।