पार्टी स्थापना दिवसमा कम्युनिस्ट योद्धालाई सम्मान गर्ने एमाले निर्णय

काठमाण्डु टुडे २०८२ वैशाख १ गते १७:२९ मा प्रकाशित

काठमाण्डू, १ वैशाख– सत्ता घटक दल एमालेले कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने ७ जनालाई कम्युनिस्ट योद्धाका रूपमा सम्मान गर्ने निर्णय गरेको छ ।

आज (सोमबार) एमाले मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टी स्थापना दिवसका अवसरमा लालबहादुर विश्वकर्मासहित ७ जनालाई कम्युनिस्ट योद्धाका रूपमा सम्मान गर्ने निर्णय बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार वैशाख ९ गते पार्टी स्थापना दिवसमा सम्मानित हुनेहरूमा लालबहादुर विश्वकर्मा (कञ्चनपुर), स्वर्गीय रत्न शर्मा न्यौपाने (जाजरकोट), शोभारम बस्नेत (दाङ), बासस्वती देवकोटा (गोरखा), शान्ता मानवी (काठमाण्डू), सत्यनारायण मण्डल (सप्तरी) र हरिचरण शिवाकोटी (झापा) छन् । एमालेले ११ वैशाखलाई गणतन्त्रको उत्सवको रूपमा मनाउने निर्णय पनि गरेको छ ।

निरंकुश राजतन्त्र फालेर गणतन्त्रको औपचारिक विजारोपण गरिएको दिन भएकोले ११ वैशाखलाई उत्सवका रूपमा भव्य कार्यक्रम आयोजना गरेर मनाइने उपमहासचिव ज्ञवालीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us