जाजरकोटको पैंक केन्द्रबिन्दु बनाएर पटकपटक भूकम्प

काठमाण्डु टुडे २०८२ वैशाख २ गते ८:०३ मा प्रकाशित

जाजरकोट, २ वैशाख– मंगलबार बिहान जाजरकोटमा भूकम्प गएको छ ।

जाजरकोटको कुशे गाउँपालिकाको पैंक केन्दबिन्दु भएर बिहान ४ बजेर ५३ मिनेटमा ४।४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यसअघि सोमबार राति ९ बजेर ३१ मिनेटमा पनि सोही स्थानलाई केन्द्रबिन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पबाट भएको क्षतिको भने कुनै जानकारी प्राप्त नभएको जाजरकोट प्रहरीले जनाएको छ ।

पछिल्लो समय जाजरकोट केन्द्रबिन्दु भएर लगातार भूकम्प गइरहेको छ ।

यसअघि गत २१ चैतमा पैंकलाई नै केन्द्रबिन्दु बनाएर दुई पटकसम्म ५.२ र ५.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us