
काठमाण्डू, २ वैशाख– त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी प्रा.डा. खड्क केसीले प्रप्त गरेका छन । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा. केसीलाई दिएका हुन ।
त्रिविको कुलपति समेत रहेका ओलीले उपकुलपतिको जिम्मेवारी प्रा.डा. केसीलाई दिएका हुन् । केसीलाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि उपकुलपतिको जिम्मेवारी दिइएको हो ।
केसीले आफूले उपकुलपतिको जिम्मेवारी पाएको जानकारी दिएका छन । उनल भने, ‘मैले उपकुलपतिको पत्र बुझिसकेँ। अब कार्यालयमा गएर कार्यभार सम्हाल्छु ।’ यसअघि प्रा. डा. केशरजङ्ग बरालले उपकुलपतिबाट राजीनामा दिएपछि उक्त पद खाली रहेको थियो।