सर्वोच्चले माग्यो छविलाल जोशीलाई थुनामा पठाउनुको कारण

काठमाण्डु टुडे २०८२ वैशाख २ गते १६:०५ मा प्रकाशित

काठमाण्डू, २ वैशाख– सर्वोच्च अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउनुको कारण पेश गर्न उच्च अदालत तुलसीपुरको बुटबल इजलासको नाममा आदेश जारी गरेको छ ।

न्यायाधीश विनोद शर्माको इजलासले छविलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन मगाउन सुर्वेच्चले आदेश गरेको हो ।

उच्च अदालत तुलसीपुरको बुटबल इजलासले गत साता रवि लामिछाने र छविलाल जोशीलाई थुनामा पठाउन आदेश गरेको थियो । बुटबलको सुप्रिम सहकारी ठगी प्रकरणका आरोपित एवं पूर्वडीआईजी जोशीले उच्च अदालतको आदेश बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

त्यही निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले प्रतिवेदन मगाउन आदेश जारी गरेको हो । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेयता जोशी थुनामै छन् । जिल्ला अदालत रुपन्देहीले उनलाई थुनामा पठाउनुपर्ने भनी गरेको आदेशलाई उच्च अदालतको बुटबल इजलासले पनि सदर गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us