
काठमाण्डू, ३ वैशाख– रामेछापबाट लुक्ला उडेको सीता एयरको जहाजमा प्राविधिक समस्या आउँदा काठमाण्डू फर्काएर अवतरण गरीएको छ । हायड्रोलिक समस्या देखिएपछि काठमाण्डूमा अवतरण गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको छ ।
सो क्रममा त्रिभुवन विमानस्थलमा केही समय उडान अवतरण रोक्नु परेको थियो । हाइड्रोलिक समस्याका कारण जहाज धावनमार्गमा रोकिने हुन्छ । त्यसपछि जहाजलाई सुरक्षित रुपमा बाहिर निकालेर उडान अवतरण सुरु गरिएको छ ।
अहिले जहाजको प्राविधिक जाँच समेत भइरहेको विमानस्थल स्रोतले जानकारी दिएको छ ।