
काठमाण्डू, ४ वैशाख– सत्ताका प्रमुख घटक दल कांग्रेस र एमालेबिच रिक्त रहेको नेपाल राष्ट्र बैंकको गभर्नरमा पदमा डा. गुणाकर भट्टलाई नियुक्त गर्ने सहमति जुटेको छ । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता घटक दल कांग्रेस–एमालेको बैठकले भट्टको नाममा सहमति नजिक पुगेको बालुवाटार निकट उच्च स्रोतले जानकारी दिएको छ । अब मन्त्रीपरिषद्को बैठकबाट औपचारिक निर्णय हुनमात्रै बाँकी रहेको स्रोतले जनायो । वर्तमान सत्ता गठबन्धनले गभर्नर नियुक्तिमा देखाएको एकरुपताले हाललाई सत्ता गठबन्धन यथावत् रहेन संकेत समेत देखाएको छ ।
गत २४ चैतमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै सरकारले नेपाल राष्ट्र बैंकको कायममुकायम गभर्नरको रुपमा डा. निलम ढुङ्गाना तिम्सिनालाई नियुक्त गरेको छ । सत्ता घटक दल एमालेले ढुङ्गानालाई नै अधि सार्ने तयारी गरेको थियो । तर मंगलबार बालुवाटामा बसेको बैठकमा सत्ताको प्रमुख घटक दल कांग्रेसले गर्भनर पदमा आफ्नो स्वाभाविक दाबी रहेको भन्दै पछि हट्न नमानेपछि प्रधानमन्त्री ओली लचिलो भएर भट्टको नाममा सहमति नजिक पुगको बालुवाटार स्रोतले जानकारी दियो ।
मंगलबार बालुवाटारमा भएको छलफलको क्रममा प्रधानमन्त्री ओलीले ‘निलम तिम्सिना राष्ट्र बैंकको बरिष्ठ डेपुटी गभर्नर हुन, त्यसमापनि महिला भएकाले नियुक्तिमा खासै विवाद नआउला भन्ने तर्क गरेका थिए । तर सत्ताको प्रमुख घटक दल कांग्रेसका सभापति देउवा प्रधानमन्त्री ओलीको यो तर्क सँग सहमत देखिएनन् । त्यसपछि देउवाले भट्टकै नाममा जोडबल गरे । देउवाको भनाईलाई उद्धित गर्र्दै देउवा निकट स्रोतले भन्यो, ‘निलमजी राम्रो मान्छे हुनुहुन्छ तर यस्तो जटिल आर्थिक अवस्थामा त्यो पर्याप्त होइन ।’
उसो त मंगलबार बसेको कांग्रेस एमालेको बैठकले गभर्नर कांग्रेसले लिने सहमति भएको पनि बालुवाटार स्रोतले जानकारी दिएको छ ।
राष्ट्र बैंकको गर्भनर नियुक्तिलाई लिएर सत्ता घटक दलहरुबिच शक्ति सन्तुलनको परिक्षण पनि बनेको थियो । पछिल्लो समय कांग्रेसभित्र पनि गभर्नर कांग्रेसको कोटामा पर्नुपर्ने भन्दै कांग्रेस नेताहरुले कांग्रेसको नेतृत्वमाथि दबाब तीव्र पारेका थिए । कति सम्म भने कांग्रेस नेताहरुले एमाले नेतृत्वको सरकारमा सहभागीताको पुनः मुल्यांकन गर्ने सम्मका चेतावनी दिएका थिए ।
सत्ता घटक दलहरु गभर्नर नियुक्तिको लागि तीन सदस्यीय गभर्नर सफिरिस समिति समेत बनाएका छन । जसको संयोजक एमाले उपाध्यक्ष समेत रहेका अर्थमन्त्री विष्णु पौडेल छन भने सदस्यमा कांग्रेस निकट पूर्व गभर्नर विजयनाथ भट्टराई र कांग्रेस सभापति देउवका विश्वास पात्र डा. विश्व पौडेल रहेका छन ।
दलगत सन्तुलन मिलाउन बनाईको तीन सदस्य समितिले समेत कांग्रेसकै कोटाबाट गर्भनर अधि सार्ने संकेत गरेको थियो । कांग्रेसले यस पटक आफ्नो कोटाबाट पूर्वमुख्य सचिव राजेन्द्र किशोर क्षेत्री, राष्ट्र बैंकका सञ्चालक रविन्द्र पाण्डे, नविल बैंकका पूर्व सिईओ (कार्यकारी निर्देशक) ज्ञानेन्द्र ढुङ्गाना र डा. गुणाकर भट्टमध्य कसै एक लाई अधि सार्ने तयारी गरेको थियो । त्यो मध्य अन्त्यमा आएर देउवार र ओलीको रोजाई भट्ट पर्न सफल भएका हुन ।
मंगलबारको बैठकमा ओलीको लचकताको पछाडि प्रतिपक्षी दलहरुको असन्तुष्टि, छिमेकी देश भारतसँगको चिसिएको सम्बन्ध र पछिल्लो समय नेपालमा पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता जस्ता राजनीतिक जटिलता जोडिएको विश्लेषकहरु बताँउछन् ।