कुलेश्वरको मन्दिर नजिक एक पुरुषको शव फेला

काठमाण्डु टुडे २०८२ वैशाख ४ गते १५:२७ मा प्रकाशित

काठमाण्डू, ४ वैशाख– काठमाण्डू महानगरपालिका–१४ कुलेश्वरस्थित मन्दिर नजिक मृत अवस्थामा एक पुरुषको शव भेटिएको छ । मन्दिरको भित्री गल्लीमा एक पुरुषको शव आज (बिहीबार) भेटिएको प्रहरीको केन्द्रीय समाचार कक्षले उल्लेख गरेको छ ।

मृत भेटिएका पुरुष अन्दाजी ५५–५६ वर्ष जति रहेको बताइएको छ । उनको अहिलेसम्म नामथर तथा वतन खुलेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us