
काठमाण्डू, ४ वैशाख– सर्वोच्च अदालतले भुटानबाट नेपाल पठाइएका चार शरणार्थीलाई देश निकाला नगर्न सरकारका नाममा आदेश जारी गरेको छ ।
न्यायाधीश हरि फुयालको इजलासले झापामा पक्राउ परेका चार शरणार्थीलाई नेपालबाट निकाला नगर्न सरकारको नाममा आदेश जारी गरेको हो ।
चारमध्ये एकजनाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए । निवेदनमाथि प्रारम्भिक सुनुवाईपछि सर्वोच्च अदालतले यस्तो आदेश जारी गरेको हो । आदेशको विवरण भने सार्वजनिक भइसकेको छैन ।