राष्ट्र बैंकको गभर्नरमा भट्टलाई रोक्न सर्वोच्चमा रिट, आइतबारलाई पेसी

काठमाण्डु टुडे २०८२ वैशाख ५ गते १७:३१ मा प्रकाशित

काठमाण्डू, ५ वैशाख– सर्वोच्च अदालतमा डा. गुणाकर भट्टलाई नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर बनाउन लागेको भन्दै रिट दायर भएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टको गभर्नरमा योग्यता नपुग्ने दावी गर्दै सर्वोच्चमा रिट दायर भएको हो ।

शुक्रबार अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले भट्टविरुद्ध रिट दायर गरेका हुन । उक्त रिटको पेसी आगामी आइतबारलाई तोकिएको छ । भट्टले १८औं गभर्नर बन्ने पक्कापक्की भएपछि कार्यकारी निर्देशकबाट राजिनामा दिएका थिए । यद्यपि उनको राजिनामा स्वीकृत भएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us