
काठमाण्डू, ६ वैशाख– छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरब भ्रमणमा जादैँ छन । भारतीय विदेश मन्त्रालयले आज शनिबार मोदी साउदी अरब जान लागेको बारे जानकारी गराएको छ ।
विदेश मन्त्रालयको विज्ञप्तिमा मोदीले २२ र २३ अप्रिल अर्थात् यही वैशाख ९ र १० गतेको दिन साउदी अरबको औपचारिक भ्रमण गर्ने बताइएको । मोदी साउदी अबरका क्राउन प्रिन्स मोहम्मद बिन सलमानको औपचारिक निम्तोमा भ्रमणमा जान लागेका हुन् । मोदीले यसअघि सन् २०१९ र २०१६ मा दुईपटकसम्म साउदी अरबको औपचारिक भ्रमण गरेका थिए ।
सन् २०२३ को सेप्टेम्बरमा साउदीका क्राउन प्रिन्स जी–ट्वान्टी देशहरुको सम्मेलनमा भारत आएका बेला मोदीलाई भ्रमणको निम्तो दिएका थिए । भ्रमणका एजेण्डा सार्वजनिक भइसकेको छैन ।
तर रक्षा, व्यापार, लगानी, शिक्षा र स्वास्थ्य क्षेत्रका विविध विषयमा छलफल हुने अनुमान रहेको छ । भारत र साउदीअरबबीच सामाजिक–साँस्कृतिक र व्यापारिक सम्बन्धको लामो ऐतिहासिक पृष्ठभूमि छ ।
विदेश मन्त्रालयले विज्ञप्तिमा दुई देशबीच घनिष्ठ र मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध मजबुत रहेको उल्लेख गरेको छ ।