अब चाहिँ शिक्षकहरूको रमिता बढी भयोः रामकुमारी झाँक्री

काठमाण्डु टुडे २०८२ वैशाख ६ गते १४:४६ मा प्रकाशित

काठमाण्डू, ६ वैशाख– नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीले केहि दिन यता आन्दोलनमा रहेका शिक्षकहरूलाई सडक छाडेर विद्यालयमा फर्कन आग्रह गरेकी छन ।

आज सामाजिक सञ्जालमार्फत झाक्रीले विद्यालय फर्केर आफ्नो जिम्मेवारी बहन गर्न शिक्षकहरूलाई उनले आग्रह गरेकी हुन । उनले ऐन आउँछ भनेर सरकारले प्रतिबद्धता जनाएको बताउँदै विधेयक समितिमा दफावार छलफलमा रहेको उल्लेख गरिन् । विधेयक संशोधनसहित पास हुने भएकाले पनि छलफलले समय लिएको उनले बताएकी छन ।

उनले अब विधेयक समितिबाट पास हुने प्रक्रिया रहेको, समितिले पास गरेपछि हाउसमा जाने समेत बताएकी छन । उनले लेखेकी छन्, ‘ऐन आउँछ भनेर सरकारले प्रतिबद्धता जनाएको छ । सरोकारवाला सबैको चासो पनि छ ।

शिक्षकहरूले यतिसम्म ध्यानाकर्षण गराउनु ठीकै हो । किन भने ऐन पहिले नै आउनुपर्ने थियो, आउन सकेन । अब आउँछ। विधेयक समितीमा दफावार छलफलमा छ । विधेयक संशोधनसहित पास हुने भएकोले पनि छलफलले समय लिएको हो । अब भने विधेयक समितिबाट पास हुने प्रक्रिया छ । समितिले पास गरेपछि हाउसमा जान्छ । सरकारको प्रतिबद्धता छ, यो अधिवेशनमा ऐन आउँछ ।’

यस्तै नेतृ झाँक्रीले विधेयक पास गर्ने संसद र सरकारको आफ्नो कानुनले निर्धारण गरेको प्रक्रिया हुँदैनरु के सडकको रमितामा पुगेका सांसद, पूर्वमन्त्री, पूर्वप्रम र नेताहरूले सडकबाटै ऐन पास गर्दिनुहुने रहेछ ? भन्दै शिक्षकहरूलाई प्रश्न समेत गरेकी छन् । राज्यको तलव खाएका शिक्षक कर्मचारीले समितिमा दफावार छलफलमा रहेको विधेयक पास नभइ फर्कन्नौँ भन्न नमिल्ने उनको भनाइ छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us