०८२ साल जेठ १५ गते गणतन्त्र अन्त्य हुन्छः जगमान गुरुङ

काठमाण्डु टुडे २०८२ वैशाख ६ गते १६:१८ मा प्रकाशित

काठमाण्डू, ६ वैशाख– राजतन्त्र पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक जगमान गुरुङले आगामी जेठ १५ गते गणतन्त्र अन्त्य हुने बताएका छन ।

आज (शनिबार) काठमाण्डूमा आयोजित पृथ्वी पथको आवश्यकता विषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक गुरुङले यस्तो बताएका हुन ।

संयोजक गुरुङले भने, ‘हाम्रो मान्यता के छ भने, कुनै मान्छे मर्न पर्‍यो उसको जन्म महिना, बार, कहिले छ त्यहिले मर्छ भन्छ । यो गणतन्त्रको घोषणा कहिले भयो, जेठको १५ गते होइन रु गणतन्त्र दिवस मनाउँछन् नि । यसको अन्त्य पनि ०८२ साल जेठको १५ गते हुन्छ ।’ उनले छिमेकी राष्ट्र भारतमा पनि नेपालमा हिन्दु राज्य र राजतन्त्र फर्कियो भनेर चर्चा भइरहेको पनि बताएका छन ।

उनले भने, ‘९९ प्रतिशत मिडियाले नेपालमा राजतन्त्र आयो भनिरहेका छन् । पूर्व सेनाध्यक्षको अन्तर्वार्ता छ्यापछ्याप्ती आएको छ,’ असम्भव छैन ।’ भारतमा अहिले पनि पूर्वराजा ज्ञानेन्द्र शाहको मुद्रदा पूजाकोठामा राखेर यन्त्रको रुपमा पूजापाठ हुने गरेको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us