मोटरसाइकलबाट लडेर महिलाको मृत्यु

काठमाण्डु टुडे २०८२ वैशाख ६ गते १६:४६ मा प्रकाशित

काठमाण्डू, ६ वैशाख– रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ परसपुरवास्थित सडकमा मोटरसाइलबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलबाट खसेर सवार भारत कोहारगड्डी टोला बस्ने ६५ वर्षीय राजवन्ती मल्लाह रहेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जानकारी दिएको छ ।

युपि जेड ०३८८ नम्बरको मोटरसाइकलबाट खसेर मल्लाहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटना गम्भीर घाइते भएकी उनको सिटी अस्पतालमा उपचारका लागि लगिएको थियो ।

उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल चालक भने फरार छन् । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us