
काठमाण्डू, ६ वैशाख– धादिङको थाक्रे गाउँपालिका–१ एक्लेफाँटस्थित सडकमा टिपरसँग बोलेरो ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोलेरोमा सवार ललितपुर बागमती गाउँपालिका–१ बस्ने ३४ वर्षीय थुल बाबु थिङ रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार शुक्रबार राति काठमाण्डूबाट पोखरातर्फ जाँदै गरेको प्र.३–०१–०२३ च ६५८ नम्बरको बोलेरो हाल नम्बर नखुलेको टिपर पछाडि ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका थिङको राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डूमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । टिपरका चालक भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।