
काठमाण्डू, ७ वैशाख– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्यान्ड जाँदै छन । देउवा आइतबार राति आँखाको उपचारका लागि बैंकक जान लागेको देउवा निकट स्रोतले जानकारी दिएको छ ।
त्यहाँ रहँदा उनले राजनीतिक भेटघाट समेत गर्न सक्ने बताइएको छ । तर कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले सभापति देउवा उपचारका लागि मात्र थाइल्यान्ड जान लागेको दाबी गरे ।
‘आँखाको फलोअप उपचारका लागि उहाँ आज राति १२ बजे राति थाइल्याण्डको राजधानी बैंक प्रस्थान गर्ने कार्यक्रम छ’, नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेलको भनाई छ ।