
काठमाण्डू, ७ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन सहितका नेता सिंहदबारभित्रैबाट पक्राउ परेका छन् ।
आइतबार सिंहदबारभित्रै सांकेतिक प्रदर्शन गरेलगत्तै अध्यक्ष लिङ्देन लगायतका नेताहरु पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
उनीहरुले वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नारा अंकित पम्प्लेट देखाउँदै सिंहदबार परिसर भित्रै प्रदर्शन जनाएका थिए ।