सिंहदरबारबाट फुत्किएर प्रदर्शनस्थल पुगे राप्रपा सांसद सिंह

काठमाण्डु टुडे २०८२ वैशाख ७ गते १४:३९ मा प्रकाशित

काठमाण्डू, ७ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंह प्रदर्शनस्थलमा पुगेका छन । केहिबेर अधि सिंहदबारमा अध्यक्ष राजेन्द्र लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यतिबेला सांसद सिंह पनि त्यहीँ थिए । यद्यपि उनी प्रहरी नियन्त्रणमा नपरी अहिले प्रदर्शनस्थलमा पुग्न सफल भएका हुन । पक्राउ पर्नुअघि राप्रपा सांसदहरू संसदीय दलको कार्यालयमा रोकिएका थिए ।

त्यतिबेला अस्वभाविक रुपमा प्रहरी परिचालन गरिएको भन्दै अध्यक्ष लिङ्देनले आपत्ति समेत जनाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us